आर्सनल अन्तिम चारमा

आर्सनल अन्तिम चारमा


ग्लोब नेपाल
216
Shares

लन्डन । काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लामाथि संघर्षपूर्ण जित निकालेको छ । शनिबार पार्क स्टेडियममा सम्पन्न खेलमा आर्सनलले घरेलु टोलीमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।

आर्सनलको जितका बुकायो साकाले खेलको ३० औं मिनेटमा निर्णायक गोल गरे जुन गोल आर्सनलको जितका लागि पर्याप्त बन्न पुग्यो । जितसँगै आर्सनल तालिकाको शीर्ष चारमा उक्लिएको छ ।

शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ७०, दोस्रो स्थानमा रहेको लिभरपुलले ६९, तेस्रो स्थानमा रहेको चेल्सीले ५९ अंक जोड्दा चौथो स्थानमा रहेको आर्सनलले ५४ अंक जोडेको छ । पाँचौ स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले ५० अंक जोडेको छ । पराजय ब्यहोरेको एस्टोन भिल्ला ३९ अंक जोडेर तालिकाको नवौं स्थानमा छ ।

मिड्ल्सब्रोलाई पराजित गर्दै चेल्सी सेमिफाइनलमा
प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब मिड्ल्सब्रोलाई २–० ले पराजित गर्दै चेल्सीले अन्तिम चारको यात्रा तय गरेको हो । चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र हाकिम जिएचले एक एक गोल गरे ।

खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३१ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए । म्यानचेस्टर युनाईटेड र टोटेनहमलाई हराएर सनसनी मच्चाएको मिड्ल्सब्रो चेल्सीसँग भने पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको छ ।