युएइले नेपाललाई दियो २०३ रनको लक्ष्य

युएइले नेपाललाई दियो २०३ रनको लक्ष्य


ग्लोब नेपाल
216
Shares

युएइ । आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडीआई शृंखलाको तेस्रो खेलमा युएइले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको युएइले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २०२ रन बनायो । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र करण केसीले दुई दुई विकेट लिए । दीपेन्द्रसिंह ऐर, आरिफ शेखको नाममा एक एक विकेट रह्यो ।

युएइका लागि रोहन मुस्ताफाले सर्वाधिक ६० रनको पारी खेले । सोमपालको बलमा बोल्ड हुनु अघि उनले एक छक्का र दुई चौका प्रहार गरेका थिए । ओपर ब्याट्सम्यान मुहम्मद वासिम ३३ तथा चिरिङ सुरीले २६ रनको योगदान दिएका थिए । विकेट किपर भिरित्तिया अरविन्दले २४ रनको योगदान दिएका थिए ।