पोखरा । गोरखाको सहिद लखन गाउँपालिकाले लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।
कार्यपालिका बैठकबाटै निर्णय गरेर पालिकाले नेपाल सरकारलाई उक्त निर्णय बुझाएको हो । यसबाहेक पहिलो जनविद्रोहमा लखन थापासँगै सहादत प्राप्त गर्ने जयसिंह चुमी राना मगर, जीतमान गुरुङ, विराज थापा मगर, जुठ्या थापा मगर, अछामी मगर र अजपसिंह थापा मगरलाई शहिद घोषणाको माग गरिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए ।
अध्यक्ष थापाले भने, ‘लखन थापाको जति सम्मान हुनसक्यो, उति इतिहासको सम्मान हुन्छ । राज्यले राष्ट्रिय विभूति घोषणा गर्न ढिलो गर्नु हुन्न ।’ गाउँपालिकाले पर्यटनमन्त्री प्रेम आलेलाई ज्ञापनपत्र नै बुझाएकाे हाे ।
लखन थापाले सहादत प्राप्त गरेको दिन हरेक वर्ष सार्वजनिक विदाको घोषणा गर्न पनि माग गरिएकाे छ ।
प्रतिक्रिया