मोरङको लेटाङमा आज पनि कर्फ्यू जारी

मोरङको लेटाङमा आज पनि कर्फ्यू जारी


ग्लोब नेपाल
243
Shares

काठमाडौ । मोरङ जिल्लाकाे लेटाङमा आइतबार स्थानीयको आक्रमणमा परी महिला प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यू आज (मंगलबार) पनि जारी रहेको छ ।

लेटाङ नगरपालिका वडा नम्बर ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ का सबै क्षेत्र, उत्तरमा वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाइएकोे छ । यौन दुव्र्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा २५ जना प्रहरी घाइते भएकाथिए ।

घाइते प्रहरीमध्ये प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएकोथियो । लेटाङको शिक्षा विकास माविमा अध्ययनरत १३ वर्षीया छात्रालाई शिक्षकले अभद्र व्यवहार गरेको भन्दै विद्यालय घेराउ गर्न पुगेका स्थानीयवासीले प्रहरीमाथि आक्रमण गरेका थिए । घटनापछि प्रहरीले दोषी खोज्न अपरेशन अभियान तीब्र बनाएको छ ।

शंकास्पदा पाँच जनालाई नियन्त्रणमा समेत लिइसकेको छ ।