नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ

नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ


ग्लोब नेपाल
3k
Shares

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकको निर्णयअनुसार नेपाली कांग्रेसको विधानको २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम रक्त भएका नेपाली कांग्रेसका भ्रातृ संस्था नेविसंघ र तरुण दलको केन्द्रीय तदर्थ समितिमा केन्द्रीय सभापति शेरबहादुर देउवाले नियुक्त गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नवनियुक्त नेविसंघ अध्यक्ष दुजाङ काठमाडौंका हुन् भने विद्वान पर्वत जिल्लाका हुन् । यसअघि जीतजंग बस्नेतको नेतृत्वमा रहेको तरुण दलमा विद्वान कोषाध्यक्ष थिए ।

नव गठित तदर्थ कार्य समितिले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।