पाँच दिनभित्र ९० करोड बक्यौता तिर्न तीन क्सासिनोलाई मन्त्री आलेको अल्टिमेटम

पाँच दिनभित्र ९० करोड बक्यौता तिर्न तीन क्सासिनोलाई मन्त्री आलेको अल्टिमेटम

नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी


ग्लोब नेपाल
243
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन अल्टिमेटम दिएका छन् । पटक-पटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटममा पनि ती क्यासिनो सञ्चालकले रोयल्टी र नवीकरण बापतको बक्यौता नतिरेपछि आलेले मन्त्रीस्तरीय निर्णयबाट अल्टिमेटम दिएका हुन् ।

आर्थिक वर्ष २०७६/७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको पर्यटन विभागले जनाएको छ ।

विभागले आज सार्वजनिक सूचना जारी गरी रक इन्टरनेशनल प्रालि काठमाडौंको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौंको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (-याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड बक्यौता रहेको जनाएको छ । रोयल्टी र नवीकरणबापतको बक्यौता पाँच दिनभित्र नबुझाए कारबाहीको चेतावनी दिइएको छ ।