निस्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनका लागि सबैको सहयोग आवश्यकः प्रधानमन्त्री देउवा

निस्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनका लागि सबैको सहयोग आवश्यकः प्रधानमन्त्री देउवा

निर्वाचन लोकतन्त्रको मेरुदण्ड


ग्लोब नेपाल
162
Shares

वालिङ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय चुनाव निर्धारित समयमै सम्पन्न गर्ने गरी सरकारले पूर्ण तयारी गरिरहेको बताएका छन् । बिहीबार स्याङजा पुगेका प्रधानमन्त्री देउवाले चापाकोट नगरपालिकाको नवनिर्मित भवन उद्घाट समारोहलाई सम्बोधन गर्दै निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको बताए ।

आगामी निर्वाचनलाई निस्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक रहेकामा प्रधानमन्त्रीले जोड दिए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनताको घरदैलोकै सरकार भएकाले जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिहरुसँग आग्रह गरे । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सस्कृति संरक्षणमा समेत स्थानीय सरकारले महत्वपूर्ण काम गर्न सक्ने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्री देउवा चापाकोट नगरपालिकाको नवनिर्मित भवन उदघाटन लगत्तै आजै तनहुँ पुग्ने कार्यक्रम छ । स्याङजामा रहदा प्रधानमन्त्री देउवालाई स्थानीयले भव्य स्वागत गरेका थिए ।