डेढ महिनामा सकियो ‘ह्यारी कि प्यारी’

डेढ महिनामा सकियो ‘ह्यारी कि प्यारी’


ग्लोब नेपाल
243
Shares

काठमाडौं । डा. कपिल रिजालको डेब्यू निर्देशन रहेको फिल्म ‘ह्यारी कि प्यारी’को इन्डक्ल्याप गरिएको छ । साढे दुई दशकदेखि लण्डनमा दन्त चिकित्सकका रुपमा स्थापित डा. रिजालले लण्डन र नेपालमा विभिन्न छोटा फिल्म तथा म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् ।

निर्देशक डा. रिजालले कोरोना कहरका समयमा खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र युनिटमा सहभागी गराई पर्वतबाट सुटिङ शुरु गरिएको फिल्मको करिब डेढ महिनापछि इन्ड क्ल्याप गरिएको बताए । डा. रिजाल स्त्री रोग विशेषज्ञ तथा गीतकार डा. भोला रिजालका छोरा हुन् ।

फिल्म काठमाडौं, पोखरा, पर्वत, चितवनलगायतका स्थानमा खिचिएको छ । ‘पारिवारिक कथामा बनाइएको फिल्म सिचुएसनल कमेडीमा आधारित छ’, निर्देशक डा. रिजालले भने । फिल्म बिआर प्रोडक्सनको व्यानरमा निर्माण भएको हो ।

फिल्ममा जितु नेपाल, साम्राज्ञी आरएल शाह, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारको अभिनय छ ।

फिल्ममा निर्देशक डा. रिजालको कथा, डा. रिजाल, सुदीप बराल, गिरीराज घिमिरे र अभिमन्यू निरवीको पटकथा तथा संवाद, डा. भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत, कविराज गहतराजको कोरियाग्राफी, सुदीप बरालको छायाँकन र अर्जुन जिसीको सम्पादन छ ।

डा. रिजालले अंग्रेजी भाषाका सर्ट फिल्महरु ‘गिल्ट’, ‘साइलेन्स’ र ‘कर्मा’ निर्माण तथा निर्देशन गरिसकेका छन् ।