माइली चढेको विमानको आकस्मिक अवतरण

माइली चढेको विमानको आकस्मिक अवतरण


ग्लोब नेपाल
270
Shares

हलिउड गायिका माइली साइरस चढेको विमान खराब मौसमका कारण आकस्मिक अवतरण गरेको छ । माइली एक फेस्टिभलमा सहभागी हुन पराग्वे जाँदै थिइन् । पराग्वे जाँदै गर्दा बीचमा एक्कासी मौसम परिवर्तनसँगै चट्याङ पर्न थालेपछि तत्काललाई फेस्टिभलमा सहभागी हुने योजनालाई रोकेर विमानलाई आकस्मिक अवतरण गराइएको थियो । माइलीले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै यो कुराको जानकारी दिएकी छन् ।

‘मेरा प्रशंसक र सबैका लागि जो मेरो उडानको चिन्तामा हुनुहुन्थ्यो । हामी चढेको विमान एक अप्रत्याशित तुफानमा फँस्यो र चट्याङको चपेटामा पर्यो । जसकारण विमानले आकस्मिक अवतरण गर्नु परेको थियो’, उनले लेखेकी छन् ।

उनले आफूसँग यात्रामा रहेका टिम, व्याण्ड, साथी र परिवार सबै सुरक्षित रहेको जानकारी दिएकी छन् । उनले यो पोस्टसँगै उनले पराग्वे आउन असमर्थ रहेको उल्लेख गरेकी छन् । पराग्वेको यो फेस्टिभल त्यहाँको सबैभन्दा ठूलो रक फेस्टिभलमध्ये एक हो । माइली फेस्टिभलमा आउने कुराले सबै उत्साहित थिए । तर मौसम खराबीका कारण उनी उपस्थित हुने अवस्था नभएपछि फेस्टिभल नै रद्ध गरिएको छ ।