चैत १८ देखि २१ सम्म प्रधानमन्त्री देउवाको भारत भ्रमण

चैत १८ देखि २१ सम्म प्रधानमन्त्री देउवाको भारत भ्रमण

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन्


ग्लोब नेपाल
351
Shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवाले चैत्र १८ देखि २१ गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ । स्रोतका अनुसार आज (बिहीबार) साँझसम्म प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक निर्णय हुने सम्भावना छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ ।

देउवा भारत जानुअघि चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि नेपाल आउँदै छन् । परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणमा चिनियाँ मन्त्री यी शुक्रबार नेपाल आउन लागेका हुन् । चिनियाँ विदेशमन्त्रीको भ्रमण लगत्तै देउवा भारत जान लागेका हुन् ।