पौडेलले बोलाएको भेलाको निष्कर्ष : गठबन्धन गरेर जानुपर्छ

पौडेलले बोलाएको भेलाको निष्कर्ष : गठबन्धन गरेर जानुपर्छ


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले बोलाएको भेलाले चुनाव तालमेलको आवश्यकता रहेको निष्कर्ष निकालेको छ । नेता पौडेलले आफू पक्षीय केन्द्रीय तथा जिल्ला सभापतिलाई शुक्रबार बिहान आफ्नो निवास बोहोराटारमा छलफलका लागि डाकेका थिए ।

सत्ता गठबन्धनबिच स्थानीय तहमा तालमेलको आवश्यकता भए-नभएको छलफल गर्न नेता पौडेलले बैठक डाकेको बाजुरा जिल्ला सभापति रामसिंह रावलले जानकारी दिए । ‘स्थानीय तहको निर्वाचनमा तालमेल गर्नुपर्छ भन्ने भएको छ । तालमेल गर्ने अधिकार तल्लो कार्यसमितिलाई नै दिनुपर्छ भनेका छौँ’, रावलले भने, ‘निर्णय केन्द्रबाट लाद्नु भएन । यही सुझाव हामीले उहाँलाई दिऔँ ।’

बैठकमा सहभागीले तालमेलको आवश्यकता रहेको सुझाव पौडेललाई दिएका थिए । तालमेल गर्दा स्थानीय आवश्यकता अनुसार हुनुपर्ने सुझाव दिएको रावलले बताए । विधान अनुसार प्राप्त अधिकार तल्लो संरचनाले प्रयोग गर्न पाउनुपर्ने जिल्ला सभापतिहरूले माग राखेका थिए ।

बैठकमा कानुनमन्त्री दिलेन्द्र बडू, केन्द्रीय सदस्यद्वय डा. शशांक कोइराला र दीपक गिरी सहभागी थिए । जिल्ला सभापतिहरूमा रावल सहित तनहुँका जीतप्रकाश आले,पाल्पाका हिमालदत्त श्रेष्ठलगायत सहभागी थिए ।