मेस्सीको गोलमा अर्जेन्टिनाको सानदार जित

मेस्सीको गोलमा अर्जेन्टिनाको सानदार जित


ग्लोब नेपाल
216
Shares

कतार फिफा विश्वकप-२०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको गोलसँगै भेनेजुएलामाथि ३-० अन्तरको सानदार जित निकालेको छ । शनिबार बिहान घरेलु मैदानमा अर्जेन्टिनालाई जिताउन निकोलस गोन्जालेज, एन्जल डि मारिया र कप्तान लियोनेल मेस्सीले गोल गरे ।

अर्जेन्टिनाले घरेलु दर्शक माझ पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थपेको थियो । ३४औं मिनेटमा निकोलस गोन्जालेजको गोलसंगै अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता बनायो । ७९औं मिनेटमा डि मारियाले गोल गरे ।

८२औं मिनेटमा डि मारियाकै पासमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनाको सानदार जित निकाले । जितपछि अर्जेन्टिना १६ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित भेनेजुएला १७ खेलबाट १० अंक जोडेर पुछारमा छ । अर्जेन्टिना भने यसअघिनै विश्वकपमा स्थान बनाइसकेको छ ।

इजिप्ट, अल्जेरिया र ट्यूनेशिया विजयी
विश्वकप फूटबल छनोट प्लेअफको पहिलो लेगमा इजिप्ट, अल्जेरिया र ट्यूनेशिया विजयी भएका छन् । अफ्रिकी छनोट अन्तर्गत प्ले अफ चरणको पहिलो लेगमा अफ्रिकन च्याम्पियन सेनेगललाई १–० ले स्तब्ध बनाउँदै इजिप्ट विश्वकप नजिक पुगेको हो ।

घरेलु मैदानमा इजिप्टको जितमा आत्मघाती गोल नै निर्णायक रह्यो । खेलको चौथो मिनेटमै सेनेगलका सालिउ सिसले आत्मघाती गोल गर्न पुगेका थिए । त्यस्तै अल्जेरियाले क्यामरुनलाई तथा ट्यूनेशियाले मालीलाई समान १–० ले हराए । उता कंगो र मोरक्को ११ गोलको बराबरीमा रोकिंदा नाइजेरिया र घानाले गोलरहित बराबरी खेले ।