रुसले अबको आक्रमण युक्रेनको डोनबास क्षेत्रमा केन्द्रित गर्ने

रुसले अबको आक्रमण युक्रेनको डोनबास क्षेत्रमा केन्द्रित गर्ने

पश्चिमा मुलुकले रुसी सेनाको यो घोषणा मस्कोलाई आफ्नो युद्धपूर्व रणनीति असफल भएको थाहा भएको संकेत



मस्को । रुसी सेनाले युक्रेनमा आफ्नो सैन्य अभियानको पहिलो चरण सकिएको जनाएको छ । युक्रेनमा आक्रमण गरेको एक महिना पूरा भएलगत्तै रुसी सेनाको यस्तो भनाइ सार्वजनिक भएको हो । रुसले अब युक्रेनको पूर्वी डोनबास क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गर्ने समेत जनाएको छ ।

डोनबासमा दुईवटा दुई रुस समर्थक गणराज्यहरु रहेका छन्। पश्चिमा मुलुकले रुसी सेनाको यो घोषणा मस्कोलाई आफ्नो युद्धपूर्व रणनीति असफल भएको थाहा भएको संकेत गरेको बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणकारी रुसी सेनालाई शक्तिशाली प्रहार गरेको जनाएका छन् । एक महिनाको यो अवधिमा रुसी सेनातर्फ ठूलो क्षति भएको युक्रेनको दाबी छ ।

यता युक्रेनले राजधानी किभको पूर्वमा केही शहर र रक्षात्मक स्थानहरू पुनः कब्जा गरिरहेको बेलायतले जनाएको छ । यसैबीच युक्रेनका आन्तरिक मन्त्रीका सल्लाहकार एन्टोन गेराश्चेन्कोले रुसका रक्षामन्त्रीलाई हृदयघात भएको दाबी गरेका छन् । सर्गेई शोइगु मार्चदेखि सार्वजनिक रूपमा देखा परेका थिएनन् । शोइगुको स्वास्थ्य समस्याबारे रूसले कुनै प्रतिक्रिया जनाएको छैन ।