नेपाल र पपुवा न्युगिनीबीचको दोस्रो एक दिवसीय क्रिकेट आज

नेपाल र पपुवा न्युगिनीबीचको दोस्रो एक दिवसीय क्रिकेट आज


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेपालले दोस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज शनिबार पाहुना टोली पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल टियु क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

नेपाल शनिबार पपुवा न्युगिनीलाई हराउँदै सिरिज बराबरी गर्न चाहन्छ । पपुवा न्युगिनी भने नेपाललाई हराएर सिरिज कब्जा गर्न चाहन्छ । दुई खेलको एकदिवसीय सिरिजमा पपुवा न्युगिनी १–० ले अघि रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो ।

पहिलो खेल गुमाएको कारण नेपाललाई दोस्रो खेलमा दबाब थपिएको छ । सिरिज जोगाउन नेपाललाई जित्नैपर्ने दबाब रहेको छ । एकदिवसीय र त्रिदेशीय टी–ट्वान्टी सिरिजका लागि पपुवा न्युगिनी नेपालको भ्रमणमा आएको हो ।