तेह्रथुममा कांग्रेस प्रचार अभियान सुरु

तेह्रथुममा कांग्रेस प्रचार अभियान सुरु


ग्लोब नेपाल
243
Shares

तेह्रथुम । निर्वाचन नजिकिँदै जाँदा जिल्लामा नेपाली कांग्रेसले कार्यकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रम सुरु गरेकाे छ । ६ वटा स्थानीय तह रहेको जिल्लामा एउटै पालिकामा मात्रै गत निर्वाचतमा जित पाएको कांग्रेसले आसन्न निर्वाचनमा सबै पालिका जित्ने तयारीकासाथ कार्यकर्ता भेटघाट सुरु गरेकाे हाे ।

गत निर्वाचनमा कांग्रेसले प्रदेश निर्वाचन क्षेत्र (क) र (ख) साथै संघीय सा‌सदसमेत गुमाएको थियो । यही ३० बैशाखमा हुन गई रहेको निर्वाचनमा सबै पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघमा जित सुनिश्चत गर्न कंग्रेसले पार्टीका शुभेच्छुक र कार्यकर्ताहरुसँग भेटघाट र अन्तरकृया बढाउन थालेको हो ।

अभियानमा केन्द्रीय सदस्य सिता सुरुङसहित महासमिति सदस्यहरु,महधिवेशन प्रतिनिधिहरु,जिल्ला सभापति पूर्व जिल्ला सभापतिलगायत जिल्ला, क्षेत्र,पालिका र वडास्तरका नेता तथा कार्यकर्ताहरु अभियानमा जुटेका छन ।