दीपेन्द्रकाे शतक, नेपालले पिएनजीलाई दियो २ सय ७९ रनको लक्ष्य

दीपेन्द्रकाे शतक, नेपालले पिएनजीलाई दियो २ सय ७९ रनको लक्ष्य


ग्लोब नेपाल
216
Shares

काठमाडौं । टस जितेर पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा २ सय ७८ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरले शतकीय इनिङ खेले भने तेस्रो नम्बरमा आएका देव खनालले ७२, रोहित पौडेलले ३५ तथा भीम सार्कीले २६ रनको योगदान दिए । त्यसैगरी कप्तान सन्दीप लामिछानेले ९ बलको सामना गर्दै दुई चौका र एक छक्काको मद्दतमा २४ रन जोडे ।

नेपाली क्रिकेट टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरी एकदिवसीय क्रिकेटमा शतक बनाउने तेस्रो नेपाली ब्याटर बनेका छन् । यसअघि नेपालबाट पूर्व कप्तान पारस खड्काले सन् २०१९ मा पारस खड्काले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एक सय १५ र रोहितकुमार पौडेलले शुक्रबार भएको पिएनजीविरुद्धको खेलमा एक सय २६ रन बनाएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीविरुद्धको दोस्रो एकदिवसीय खेलमा दीपेन्द्रले एक सय ३६ बलमा ६ चौकासहित १०० रन पूरा गरे । एकदिवसीय क्रिकेटमा यो दीपेन्द्रको पहिलो शतक हो ।