मैत्रीपूर्ण खेलमा जर्मनी र स्पेन विजयी

मैत्रीपूर्ण खेलमा जर्मनी र स्पेन विजयी


ग्लोब नेपाल
162
Shares

काठमाडौं । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार राति विश्व महारथी राष्ट्रहरु जर्मनी र स्पेनले जित निकालेका छन् । सन् २०२२ को डिसेम्बरमा कतारमा हुने विश्वकपको तयारीमा जुटेको जर्मनीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा शनिबार इजरायललाई २-० ले हराएको थियो। जर्मनीको जितमा काइ हार्भट्ज र टिमो वेर्नेरले समान एक एक गोल गरे । २६ ‌औँ मिनेटमा हार्भट्जले जर्मनीलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा वेर्नेरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए ।खेलमा दुबै टोलीले पेनाल्टी सदुपयोग गर्न सकेनन् ।

अर्को खेलमा स्पेनले अल्बानियालाई २-१ अन्तरले हरायो । स्पेनको जितमा फेरान टोरेस र डानी आल्मोले एक एक गोल गरे । अल्बानियाका मेर्टो उजुनीले एक गोल फर्काए । ७५औँ मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ८५ औँ मिनेटमा उजुनीले गोल गर्दै खेल १-१ को स्थितिमा पुर्याए । खेलको ९० औं मिनेटमा आल्मोले गोल गर्दै स्पेनलाई २-१ को जीत दिलाए ।