सांसद पदबहालीको माग गर्दै दायर रिटको सुनुवाइ राउत र चुडालको इजलासमा

सांसद पदबहालीको माग गर्दै दायर रिटको सुनुवाइ राउत र चुडालको इजलासमा


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । सांसद पद बहालीको माग गर्दै लुम्बिनी प्रदेशका पदमुक्त तीन सांसदले दायर गरेको रिटमा आइतबार सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइका लागि रिटको पेसी तोकिएको छ ।

रिट निवेदक विजयबहादुर यादव हुन् । १५ साउनमा उनी पदमुक्त भएका थिए । उनलाई जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश संसदीय दलले पार्टी निर्णयविपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै कारबाही गरेको थियो । कारबाहीपछि पदमुक्त गर्न प्रदेश संसद् सचिवालयलाई पत्राचार गरेको थियो । सोही अनुसार उनी पदमुक्त भए ।

पदमुक्त गर्ने प्रदेश संसद् सचिवालय लुम्बिनीको कदमविरुद्ध उनले १७ साउनमा रिट दर्ता गराएका थिए । रिटमार्फत् उनले सांसद पदबहालीको माग गरेका छन् । रिटको प्रारम्भिक सुनुवाइ गर्दै २५ साउनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले लुम्बिनी प्रदेश संसद् सचिवालयको नाममा कारण देखाउ आदेश जारी गरेका थिए ।

गत ७ चैतमा भने न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. कुमार चुडालको संयुक्त इजलासले पूर्ण सुनुवाइ गर्नुपर्ने निर्णय गरेको थियो । यादवसँगै तत्कालीन जसपाका सांसदहरू सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय पनि पोखरेल नेतृत्वको सरकारमा सहभागी भएर सरकार जोगाइदिएका थिए ।