काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तयारी र संसदीय समिति गठनबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

सानेपास्थित केन्द्रीय कार्यालयमा दोस्रो दिनको बैठक सुरु भएको केन्द्रीय सदस्य दिनेश कोइरालाले जानकारी दिए । गत शुक्रबारदेखि सुरु भएको बैठकमा चुनावी अभियानका लागि ७७ वटै जिल्लामा खटिएका केन्द्रीय नेताहरूले जिल्लाको वस्तुगत अवस्थाको रिपोर्टिङ गर्ने क्रम चलिरहेको छ ।

त्यस क्रममा चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा नेताहरूले फरक फरक मत राखिरहेका छन् । शुक्रबार २१ जिल्लामा खटिएका नेताहरूले धारणा राखेका थिए । आइतबार बाँकी रहेका ५६ जिल्लामा खटिएका केन्द्रीय नेताहरूले धारणा राख्ने क्रम रहेको छ ।

बैठकमा सभापति देउवाले आसन्न चुनावमा गठबन्धन गर्ने प्रस्ताव गरेका छन् भने नेताहरूले गठबन्धन गरेपनि त्यसबारे केन्द्रबाट निर्णय गर्न नमिल्ने तर्क प्रस्तुत गरेका छन् । नेता शेखर कोइराला पक्षले भने गठबन्धन गर्न नहुने दाबी गर्दै आएको छ ।