निर्माण व्यवसायीहरुको राष्ट्रिय भेला भोली

निर्माण व्यवसायीहरुको राष्ट्रिय भेला भोली


ग्लोब नेपाल
1.8k
Shares

काठमाडौं । निर्माण व्यवसायी महासंघले भोलि सोमबार राष्ट्रिय भेला आयोजना गरेको छ । सार्वजनिक खरिद (एघारौं संशोधन) नियमावली २०७८ का केही बुँदाहरु अव्यवहारिक एवम् निर्माण सामाग्रीहरुको चरम मूल्यवृद्धिविरुद्ध राष्ट्रिय भेला आयोजना गरिएको महासंघले जनाएको छ ।

गत फागुन २७ गते नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारणसभा एवम् १२ औं अधिवेशनका अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाबाट अब संसोधन हुने ११ औं नियमावली बाट निर्माण व्यवसायीहरुले मात्र ५ ओटा ठेक्का लिन पाउने र छैठौ लिनका लागि कम्तिमा एक कामको ८० प्रतिशत कार्य सम्पन्न गरेको हुनु पर्ने गरी नियमावली संसोधन गर्न लागिएको आफ्नो भाषणबाट जानकारी गराएका थिए ।

माग पूरा नभए निर्माण होलिडे मनाउने

उक्त संसोधनबाट निकै उत्साहित निर्माण व्यवसायीहरु चैत्र ३ गते नेपाल सरकारद्धारा प्रकाशित सार्वजनिक खरिद (एघारौं संशोधन) नियमावली २०७८ नेपाल राजपत्रमा प्रकाशित भए पछी निरास भएका छन् । सार्वजनिक खरिद (एघारौं संशोधन) नियमावली २०७८ ले प्रधानमन्त्रीले भने अनुसार नियमावलीमा संसोधन नभएको र साना व्यवसायीहरुलाई संसोधित नियमावलीले व्यवसायीहरुको वृद्धिमा विकासमा रोक लगाउने व्यवसायीहरु बताउँछन् ।

निर्माण सामाग्रीहरुमा सतप्रतिशत मूल्यवृद्धि भएको कारण निर्माण कार्य गर्न सक्ने अवस्था नरहेको हुँदा राज्य पक्षले यस विषयमा विशेष सम्बोधन र समाधान निकालोस् भन्ने भेलाको मूल लक्ष्य रहेको बताइएको छ । यदि व्यवसायीको माग सम्बोधन नभए निर्माण कार्य ठप्प पार्ने गरी निर्माण होलीडे मनाउने व्यवसायीहरुको भनाइ छ ।