एनआरएनएमा पदैपद

एनआरएनएमा पदैपद


ग्लोब नेपाल
1.6k
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं विश्व सम्मेलनले विधान संशोधन गर्दै ३ जना अध्यक्ष रहने व्यवस्था गरेको छ । संघको विधानको धारा १७.२ र १७.१० को व्यवस्था हाललाई निस्कृय गरी कार्यसमितिको पद र संख्या निर्धारण सहित घोषणा गर्ने सम्पूर्ण अधिकार अध्यक्ष मण्डललाई प्रदान गर्ने निर्णय अनुसार अध्यक्ष मण्डलले यस्तो निर्णय गरेको हो ।

संघको बर्तमान परिस्थिती र अवस्थालाई मध्येनजर राख्दै संघको विधानको धारा १७.२ को अध्यक्ष पद देखि क्षेत्रीय युवा उपसंयोजक सम्मको पदहरु र धारा १७.१० लाई निष्कृय गरी संशोधित व्यवस्था लागु गरेको छ । संशोधित व्यवस्था संघको यसपछिको (सन २०२३ को) कार्यसमितिको निर्वाचन प्रक्रिया अगाडिको समयसम्म मात्र लागु हुने बताइएको छ । त्यसपछि यो व्यवस्था स्वतः निष्कृय हने व्यवस्था छ ।

नयाँ व्यवस्थाअनुसार अध्यक्ष –३, उपाध्यक्ष– ११, महासचिव–२, उप महासचिव–६, सचिव–१०, कोषाध्यक्ष–३, सह–कोषाध्यक्ष–८, महिला सह–कोषाध्यक्ष –३, प्रवक्ता –२, महिला संयोजक– २, युवा संयोजक–२, क्षेत्रिय संयोजक–२, क्षेत्रिय उपसंयोजक (युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५) क्षेत्रिय महिला संयोजक– २, क्षेत्रिय युवा सयोजक– २, क्षेत्रिय महिला उपसंयोजक– २, क्षेत्रिय युवा उपसंयोजक–२ रहने व्यवस्था छ ।