प्रचण्ड आज रोल्पा जाने, लिबाङमा आमसभालाई सम्बाेधन गर्ने

प्रचण्ड आज रोल्पा जाने, लिबाङमा आमसभालाई सम्बाेधन गर्ने

युद्ध पर्यटनलाई टेवा पुर्याउने गरी राेल्पा नगरपालिकाले निर्माण गरेकाे जनयुद्ध स्मृति टावरकाे उद्घाटन गरिने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज राेल्पा जाँदैछन् । युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी राेल्पा नगरपालिकाले निर्माण गरेकाे `जनयुद्ध स्मृति टावर´काे उनले उद्घाटन गर्नेछन् ।

टावरमा माओवादी १० वर्षे सशस्त्र विद्राेहकाे क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदकाे नाम राखिएको छ । कतिपयकाे शालिक पनि राखिएको छ । करिब ६ कराेडमा निर्माण सम्पन्न टावरकाे मध्याह्न प्रचण्डले उद्घाटन गर्ने मेयर पूर्ण केसीले जानकारी दिए ।

यसपछि प्रचण्डले पार्टीले लिबाङकाे टुँडिखेलमा आयाेजना गर्ने आमसभालाई सम्बाेधन गर्नेछन् ।