पोर्न स्टारसँग युवतीले गरिन् भागेर बिवाह

पोर्न स्टारसँग युवतीले गरिन् भागेर बिवाह



अस्ट्रेलियाकी एक २९ वर्षीया युवतीले वयस्क उद्योगमा काम गर्ने व्यक्तिसँग भागेर विवाह गरेकी छिन् । कैटी नामकी ती युवती इन्ट्राग्राममा देखेको भरमा पोर्न स्टारको प्रेममा परेकी हुन् । उनले वयस्क उद्योगका काम गर्ने पुरुष रोबी ब्याम्प्टनसँग भागेर बिवाह गरेकी हुन् ।

बेलायती पत्रिका ‘डेली स्टार’ का अनुसार कैटी एक फिटनेस विशेषज्ञ हुन् । उनी मानिसहरूलाई कसरी स्वस्थ रहने भन्ने टिप्स दिने गर्छिन् । तर उनको श्रीमान रोबी भने एक वयस्क उद्योगमा काम गर्छन् । उनको श्रीमान् कामको समयमा अन्य महिलासँग नजिक हुदाँ उनलाई कुनै आपत्ति नभएको कैटी बताउँछिन् । यद्यपि कैटीले आफ्नो श्रीमानलाई यौन प्रसारित संक्रमण भने परीक्षण गराउन पनि आग्रह गर्ने गरेको बताउँछिन् ।

कैटी भन्छिन्- ‘मैले पहिलो पटक रोबीलाई इन्ट्रग्राममा देखेको थिए । मैले उनलाई एक यौन कर्मीको रूपमा मूल्याङ्कन गरेको थिए । उनी मलाई केही विशेष लागेन किनकि एडल्ट इन्ड्रस्टिमा काम गरेका कारणले रोबी केटीहरूसँग घेरिएका हुन्थ्ये ।’ रोबीसँग भेटेपछि उनको कामलाई लिएर विस्तारै मेरो धारणा परिवर्तन हुन थाल्यो । कैटीले सुरुमा रोबीलाई अस्वीकार गरेकी थिइन् । विस्तारै दुबैको कुराहरू मिल्दै जाँदा उनीहरूले भागेर बिवाह गरेका हुन् ।

कैटीले हालै इन्टाग्राम मार्फत भनेकी छिन् –‘म कहिलेकाँही बिर्सन्छु कि यो हाम्रो जीवन हो, हामी हरेक दिन यसरी जीवन विताउँछौँ, र बास्तबमा मैले एक पोर्न स्टारसँग बिवाह गरे’ । कैटी जिम जान, खाना बनाउन र टिकटक भिडियो बनाउन रुचि राख्छिन् । उनी यो पनि भन्छिन्कि वयस्क उद्योगको बारेमा मानिसहरूको धेरै गलत धारणहरू छन् ।