लमजुङका ४१ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

लमजुङका ४१ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने


ग्लोब नेपाल
162
Shares

लमजुङ । लमजुङका ४१ हजार बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाइने भएको छ । जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालयले २५ देखि ३० चैतसम्मको अवधिमा बालबालिकामा उक्त खोप लगाउने तयारी गरेकाे स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । उनका अनुसार जिल्लामा रहेका ४१ हजार २ सय १६ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइनेछ । सरकारले २५ चैतदेखि १८ वैशाखसम्म खाेप अभियान गर्ने भए पनि लमजुङमा भने ६ दिनमात्र गर्ने भएकाे हाे ।

मुख अमर दवाडीका अनुसार १५ महिनादेखि ५ वर्षमुनिका पाँच हजार ७०५ जना र विद्यालयमा रहेका १५ वर्षसम्मका ३५ हजार ५११ जना बालबालिकालाई खोप दिइने भएको हो । खोप अभियानमा ९८२ स्वयंसेवक परिचालन गरिनेछ । लमजुङमा विगत तीन वर्षको तथ्यांकानुसार बर्सेनि तीन हजार मानिसहरूमा टाइफाइड भएको पाइएको छ।