नेपाली कांग्रेसले बनायो स्थानीय तह निर्वाचन प्रवास मिडिया समन्वय सञ्जाल

नेपाली कांग्रेसले बनायो स्थानीय तह निर्वाचन प्रवास मिडिया समन्वय सञ्जाल


ग्लोब नेपाल
4.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति अन्तर्गत प्रवास मिडिया समन्वय सञ्जाल गठन गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा प्रचार–प्रसार अभियानलाई प्रभावकारी बनाउन नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख (आनन्द) विष्टको संयोजकत्वमा गठन भएको स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति अन्तर्गत गौतम दाहालको संयोजकत्वमा प्रवास मिडिया समन्वय सञ्जाल गठन गरिएको हो ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतको सभापतित्वमा चैत २२ गते बसेको समितिको बैठकले प्रवासमा रहेका नेपालीमार्फत निर्वाचनलाई प्रभावकारी बनाउन उपसमितिहरु गठन गरिएको हो ।