अमेरिकी संसदीय टोली र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता

अमेरिकी संसदीय टोली र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता


ग्लोब नेपाल
216
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेको अमेरिकी उच्चस्तरीय संसदीय टोलीले परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गरेको छ। आज दुई पक्षबीच छलफल भएको अमेरिकी राजदूतावासले जनाएको छ । द्विपक्षीय सम्बन्ध र हीतका बारेमा महत्वपूर्ण छलफल भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

अमेरिकाको उच्च–स्तरीय संसदीय टोली शुक्रबार साँझ नेपाल आइपुगेको हो । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्ष पुगेको अवसरमा उनीहरु नेपालको भ्रमणमा आएको हो ।

सिनेटर किर्स्टन जिलिब्रान्ड (न्यूयोर्क) को नेतृत्वमा आएको उच्चस्तरीय संसदीय टोलीले युक्रेन मुद्धा, जलवायु परिवर्तन र द्विपक्षीय सम्बन्धका विषयमा छलफल गर्नेछ ।

उत्त टोलीमा सिनेटरहरू शेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यू जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क)रहेका छन् ।

अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट गरेर विभिन्न विषयमा छलफल गर्ने दूतावासले जनाएको छ ।