सत्ता गठबन्धनको चुनावी सभा पोखरामा, एमालेको बुटवलमा

सत्ता गठबन्धनको चुनावी सभा पोखरामा, एमालेको बुटवलमा


ग्लोब नेपाल
378
Shares

काठमाडौं । सत्ता गठबन्धनले आज कास्कीको पोखरा र दाङको तुलसीपुरमा चुनावी सभा गर्दैछ । निर्धारित कार्यतालिका अनुसार बिहान ११ बजे पोखरा र दिउँसो २ बजे तुलसीपुरमा सभा हुने कार्यक्रम छ ।

चुनावी सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बधोन गर्ने कार्यक्रम तय भएको छ ।

पोखरामा हुने सभालाई कांग्रेस उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार तथा दाङमा हुने सभालाई सहमहामन्त्री किशोरसिंह राठौरलगायतका कांग्रेस नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बुटवल र चितवनको सभालाई सम्बोधन गर्नुहुने भएको छ । बुटवलमा मध्यान्ह् १२ बजे र चितवन भरतपुरमा दिउँसो ३ बजे अध्यक्ष ओलीले सभालाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।