अस्ट्रेलियाको बुद्ध जयन्तिमा लाख बत्ती बालियाे

अस्ट्रेलियाको बुद्ध जयन्तिमा लाख बत्ती बालियाे



सिड्नी । अस्ट्रेलियाको भिक्टोरिया राज्यको बेन्डिगो शहरमा अबस्थित द ग्रेट स्तुपा अफ युनिर्भल कम्पासनको हाताभित्र लुम्बिनी कपिलवस्तु विस्व अभियानद्वारा लाख बत्ती बालेर विस्व शान्तिको कामना गर्दै मनाइएको २६४६ औं वुद्ध जयन्ती मनाइयाे । कार्यक्रममा द ग्रेट स्तुपा अफ युनिर्भल कम्पासनमा वुद्ध भारतमा जन्मनु भएको भनी लेखिएकोमा अभियानद्वारा गरिएको पत्राचारपछि सच्याएर नेपाल भनी उल्लेख गरेकोमा यस्का निर्देशक इयान ग्रिनलाई अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले खादा ओढाएर र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरे ।

वुद्ध जन्मस्थलसम्बन्धी दिग्भ्रम सच्याउने निर्देशक इयान ग्रिन सम्मानित

२.५ मिटर अग्लो विस्वकै सबैभन्दा ठूलो रत्न गुणस्तरको वुद्ध मूर्ति राखिएको तर निर्माण प्रकृया चलिराखेको द ग्रेट स्तुपा अफ युनिर्भल कम्पासनको निर्माण कार्य संपन्न भैसकेपछि पश्चिमकै सबैभन्दा ठूलो बुद्धिस्ट स्मारक हुने र संभवत दक्षिण गोलार्धकै सबैभन्दा ठूलो बुद्धिस्ट मन्दिर हुने यो मन्दिरमा दैनिक सरदर ६००-७०० आगन्तुक आउने गर्छ भने वुद्ध जयन्तीको समयमा हजारौं दर्शनाभिलाषीहरु आउने गर्छन । बेन्डिगोमा गणेश मन्दिर बनेपछि बेन्डिगोबाट हिन्दू मन्दिरको लागि मेलबर्न जानपर्ने समस्या हटेको छ भने हिन्दू परंपराका कार्यक्रम यही गणेश मन्दिर परिसरमा गर्न सकिने भएको छ ।

सोही कार्यक्रममा प्रो एलिजाबेथ ह्यारिश, प्रो जियोफ्री हन्ट, डा पौल इनग्राम, डा महिन्दा डीगाले, डा किशोर बैद्य र प्रो हिसाओ इनागाकीद्धारा संयुक्त रुपमा लेखिएको Buddhist Studies for the Curious: Why Study Buddhist Studies पुस्तकको पनि बिमोचन गरिएको थियो । पुस्तक बिमोचनको सन्दर्भमा निर्देशक इयानले जीवनलाई अर्थपूर्ण र सम्पन्न बनाउन बुद्धिज्मसम्बन्धी अध्ययनको महत्वबारे प्रकाश पारे ।

प्रियन्का प्रधानद्धारा उदघोषणा गरिएको सो कार्यक्रममा मेलबर्नबाट करीब ८० जनाको उपस्थितिमा कार्यक्रमको लागि ३ घण्टाको ड्राइभिङ गरेर आउने समेत थियो र कार्यक्रमको समाप्तीपछि कार्यक्रममा उपस्थित बिदेशी सहित सबैले ८० बर्षकी दिलमाया श्रेष्ठ (कान्छी) को हातको टीका ग्रहण गरी आशिर्बाद ग्रहण गरे ।