भरतपुरमा २ हजार ९६८ मत गणना हुँदा रेणु दाहाललाई अग्रता

भरतपुरमा २ हजार ९६८ मत गणना हुँदा रेणु दाहाललाई अग्रता

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेललाई ३९० मत


ग्लोब नेपाल
135
Shares

चितवन । चितवनकाे भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मदेवार रेणु दाहाल ९८ मतान्तरले अगाडि छन् । उनी गठबन्धनबाट उम्मेदवार बनेकी हुन् । २ हजार ९६८ मतगणना हुँदा दाहालले १ हजार १०५ मत पाएकी छन् भने एमालेक विजय सुवेदीले १ हजार ७ मत पाएका छन् । सुवेदीलाई राप्रपाकाे पनि साथ छ ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाएका छन् । उपमेयरमा भने कांग्रेस अगाडि छ । कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ८३० मत ल्याएका छन् ।