वामपन्थी आन्दोलनका मूल नेताहरूले नै वाम एकताको महत्व बुझेनन्: झलनाथ खनाल

वामपन्थी आन्दोलनका मूल नेताहरूले नै वाम एकताको महत्व बुझेनन्: झलनाथ खनाल


ग्लोब नेपाल
1.7k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वामपन्थी आन्दोलनका मुल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वरस्थित संसद भवन पुगेका सम्मानित नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मुलुकको आवश्यकता भएको पनि बताए। तर वामपन्थी आन्दोलनका मूल नेताले नै यसको महत्व र आवश्यकता नबुझेकाले तत्काल एकताको सम्भावना नरहेको उनको भनाइ छ ।

‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो। तर वामपन्थी आन्दोलनका आफूलाई मुल भन्ने नेताहरु जुन छन् नि ति नेताहरु एकताको पक्षमा छैनन्’, उनले भने, ‘त्यसकारणले नेताहरुले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेलासम्म वामपन्थी एकता सम्भव नै हुँदैन।’