रसुवाको स्थानीय तहको बजेट बढ्यो

रसुवाको स्थानीय तहको बजेट बढ्यो


ग्लोब नेपाल
81
Shares

रसुवा । रसुवाको स्थानीय तहकाे बजेटमा यसपटक पनि  वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७८ /०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० को बजेटमा वृद्धि भएको हो । जिल्लाको पाँचवटा स्थानीय तहले अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत आउँदो आर्थिक वर्षका लागि १ अर्ब १६ करोड ७८ लाख रुपैयाँ बजेट पाएका छन् । 

चालु आर्थिक वर्षको लागि सरकारले १ अर्ब १ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यो चालु आर्थिक वर्षको तुलनामा १४ करोड ८४ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले ८२ करोड ३७ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

आउँदो वर्षका लागि वित्तीय समानीकरणअन्तर्गत ४३ करोड ५१ लाख, सर्शत अनुदानअन्तर्गत ६७ करोड ८५ लाख, विशेष अनुदान तर्फ ३ करोड ४२ लाख र समपुरक अनुदानतर्फ २ करोड बजेट विनियोजन भएको छ ।

जिल्लाको उत्तरगया गाउँपालिकाको लागि वित्तीय समानीकरणअन्तर्गत ८ करोड ७२ लाख र सर्शत अनुदानअन्तर्गत १५ करोड ७६ लाख गरी २४ करोड ४८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

कालिका गाउँपालिकाको लागि वित्तीय समानीकरणअन्तर्गत ९ करोड १४ लाख, सर्शत अनुदानअन्तर्गत १४ करोड ५० लाख र विशेष अनुदानमा १ करोड गरी २४ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । गोसाइँकुण्ड गाउँपालिकाको लागि वित्तीय समानीकरण अन्तर्गत ८ करोड ८७ लाख र सर्शत अनुदानअन्तर्गत १२ करोड ९९ लाख गरी २१ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

नौकुण्डमा वित्तीय समानीकरणअन्तर्गत ९ करोड ४९ लाख, सर्शत अनुदान अन्तर्गत १५ करोड २३ लाख, विशेष अनुदानमा २ करोड र समपुरक अनुदानमा १ करोड गरी २७ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

यस्तै, आमाछोदिङ्मो गाउँपालिकामा वित्तीय समानीकरण अन्तर्गत ७ करोड २९ लाख, सर्शत अनुदान अन्तर्गत ९ करोड ३७ लाख, विशेष अनुदानमा ४२ लाख र  समपुरक अनुदानमा १ करोड गरी १८ करोड ८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

आउँदो आर्थिक वर्षका लागि सबैभन्दा बढी बजेट नौकुण्ड गाउँपालिकामा र सबैभन्दा कम बजेट आमाछोदिङ्मो गाउँपालिकामा परेको छ ।