जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस र एमाले काठमाडौंमा पराजित भए: रामचन्द्र पौडैल

जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस र एमाले काठमाडौंमा पराजित भए: रामचन्द्र पौडैल


ग्लोब नेपाल
675
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा आफ्नो पार्टी काठमाण्डौ महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको दाबी गरेका छन् ।

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरीत उम्मेदवार उठाएर जनतालाई हेपेका कारण राजनीतिक दल काठमाण्डौ महानगरको मेयर बन्न नसकेको बताए । शनिवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले काठमाण्डौ महानगरपालिकाको मेयरका लागि कांग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको बताए । वरिष्ठ नेता पौडेलले आफूले कामपाको मेयरका रूपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारे पनि निर्णयकले नमान्दा राजनीतिक दल हार बेहोर्न बाध्य भएको बताए ।

उनले भने, ‘राजनीतिक दलहरूले जनतालाई हेपेर निर्णय गर्नुहुँदैन । कांग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका नेताले पनि । दुवै पार्टीले छानेका उम्मेदवार उपयुक्त थिएनन् । तीभन्दा उपयुक्त धेरै मान्छेहरू थिए । उम्मेदवारी दिँदा नै वंशवादको आधारमा दिइयो, त्यो गलत भयो । जनताले त्यसको सजाय लौरो लगाइदिए नेताको टाउकोमा । मैले त्यति बेला पनि भनेको हो, मेरो केही लागेन । म निर्णायक ठाउँमा होइन । पार्टी सभापति नै निर्णायक हुन्छ । उहाँले इसारा गरेपछि मुख्य सचिवले टिकट पठाइसक्छ, म यहाँ छलफल गरिराखेको हुन्छु । यस्ता घटनाबाट नेतृत्वले अब सिकेर सही किसिमको जनताले रूचाउने उम्मेदवार पार्टीले प्रस्तुत गर्नुपर्छ ।’

वरिष्ठ नेता पौडेलले आउँदा दिनमा पनि यस्तै गल्ती नेतृत्व पङ्क्तिले गरिरहने हो भने नेपालको राजनीति यस्तै हुन्छ भन्न नसकिने बताए ।