यौन दुर्व्यवहारको आरोपमा सर्वनाम शिक्षालयका होस्टेल वार्डेन पक्राउ

यौन दुर्व्यवहारको आरोपमा सर्वनाम शिक्षालयका होस्टेल वार्डेन पक्राउ


ग्लोब नेपाल
108
Shares

काठमाडौं । होस्टेलमा बस्दै आएका छात्राहरुमाथि यौन दुर्व्यवहारको आरोप लागेका काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेत पक्राउ परेका छन् ।

उजुरीपछि भागेर रामेछाप पुगेका वार्डेन बस्नेतलाई रामेछाप प्रहरीको सहयोगमा पक्राउ गरिएको हो । बस्नेतलाई काठमाडौं ल्याउँदै गरिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
सर्वनाम शिक्षालयका छात्राहरुले वार्डेन बस्नेतले आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन् । यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएपछि शनिबार अभिभावकहरु होस्टल पुगेका थिए । उनीहरुले होस्टलमा नाराबाजी गर्नुका साथै घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका थिए ।

होस्टलमा प्रहरी पुग्दा बस्नेतलाई फेला पार्न सकेको थिएन । प्रहरीले शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटी र उनकी श्रीमतीलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। उनीहरुकै सूचनाका आधारमा रामेछापमा रहेका होस्टल वार्डेन बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।