झलनाथ खनाल भन्छन्- स्थानीय चुनावमा सम्मानजनक गठबन्धन भएन

झलनाथ खनाल भन्छन्- स्थानीय चुनावमा सम्मानजनक गठबन्धन भएन


ग्लोब नेपाल
54
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा सम्मानजनक ढंगले गठबन्धन नभएको बताएका छन् ।

शनिबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै खनालले सम्मानजनक ढंगले गठबन्धन हुँदै नभएको भन्दै असन्तुष्टि जनाएका हुन् । ‘यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन । त्यो नभएको हुनाले हामी असन्तुष्ट छौं, उनले भने, त्यो असन्तुष्टि हामीले पाँचदल भित्र पनि राखेका छौं । हामी आफैं पनि समीक्षा गर्दैछौं ।’

सम्मानित नेता खनालले वामपन्थी दलहरुबीचको एकता तत्कालका लागि आवश्यक भएपनि मुख्य नेताहरुका कारण त्यो सम्भावना कमजोर रहेको तर्क गरे ।