माओवादीले पार्टी सदस्यबाट न्यूनतम १०० रुपैयाँका दरले रकम उठाउने

माओवादीले पार्टी सदस्यबाट न्यूनतम १०० रुपैयाँका दरले रकम उठाउने


ग्लोब नेपाल
324
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले हरेक पार्टी सदस्यबाट न्यूनतम १०० रुपैयाँको दरले रकम संकलन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न भन्दै माओवादी केन्द्रले सदस्यहरुबाट आर्थिक संकलन गर्ने भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी सदस्यबाट न्यूनतम १०० रुपैयाँ उठाउने र सक्नेले त्योभन्दा बढी पनि दिन सक्ने निर्णय गरेको नेता शक्ति बस्नेतले जानकारी दिए।

केन्द्रीय कार्यालय पेरिसडाँमा संरचना निर्माण र व्यवस्थित गर्नका लागि प्रदेश कमिटीहरूलाई १ महिनाभित्र रकम उठाइसक्न भनिएको उनले बताए । त्यस्तै विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को विवाद मिलाउने जिम्मा अध्यक्ष दाहाललाई दिइएको पनि बस्नेतले बताए ।