मन्त्री हेरफेरबारे नेकपा एकीकृत समाजवादीमा छलफल, नयाँ पठाउने तयारी !

मन्त्री हेरफेरबारे नेकपा एकीकृत समाजवादीमा छलफल, नयाँ पठाउने तयारी !


ग्लोब नेपाल
1.9k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेरको विषयले प्रवेश पाएको छ ।

शनिबार (हिजो)देखि चलिरहेको बैठकमा आईतबार (आज) मन्त्री हेरफेरको विषयले प्रवेश पाएको हो । सरकारमा पार्टीबाट सहभागी मन्त्री परिवर्तनबारे छलफल भएको उपमहासचिव गंगालाल तुलाधारले बताए । उनका अनुसार त्यसको जिम्मा शीर्ष नेतालाई दिइएको छ । ‘मन्त्रीहरूलाई ६ महिना भनेर पठाएका थियौं, ६ महिनाभन्दा बढी भइसक्यो उहाँहरूसँग शीर्ष नेताहरूबीचमा बसेर छलफल गरी समझदारी बनाउँछौं । कति हेरफेर गर्ने उहाँहरू (शीर्ष नेता) ले नै गर्नुहुन्छ ।’

यस्तै, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने बारेमा पार्टीको सचिवालय बैठकले निर्णय गरेको जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेर भोलि नै निर्णय कार्यान्वयन हुने उनको भनाइ थियो ।

अहिले संघीय सरकारमा एक राज्यमन्त्रीसहित सो पार्टीबाट ५ जना मन्त्री छन् । आफूलाई मन्त्रीबाट हटाए पार्टी छाड्ने भन्ने केही मन्त्रीले चेतावनी दिइरहेको भन्ने चर्चाको विषयमा पत्रकारले सोधेको प्रश्नमा पार्टी निर्णय सबैले मान्नुपर्ने उपमहासचिव तुलाधरले बताए ।

उनले अहिले वाम गठबन्धन एकतालगायतका विषयमा चर्चा भए पनि तत्कालै गठबन्धन बन्ने सम्भावना भने नदेखिएको बताए।