काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सरकारमा सहभागि मन्त्री हेरफेर गरेको छ ।
आईतबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।
आफूले सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले जानकारी दिए । उनका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य राज्यमन्त्री बन्नेछन् ।
यसअघि आजै बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले ६ महिना पुगेका पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। देउवा नेतृत्वको सरकारमा यसअघि विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ मन्त्री थिए भने भवानी खापुङ राज्यमन्त्री थिए।
उनीहरू गत असोज २२ गते मन्त्री बनेका थिए।

प्रतिक्रिया