आईपीओ निष्कासनको अन्तिम चरणमा २० कम्पनी

आईपीओ निष्कासनको अन्तिम चरणमा २० कम्पनी


ग्लोब नेपाल
108
Shares

काठमाडौं । विभिन्न २० वटा कम्पनीको ३ करोड ७६ लाख २२ हजार २ सय ७५ कित्ता प्राथामिक शेयर निष्कासनको अन्तिम चरणमा पुगेको छ ।

धितोपत्र बोर्डले दिएको जानकारी अनुसार जलविद्युत्, जीवन बीमा, लघुवित्त, होटल एण्ड टुरिजमलगायत समूहका कम्पनीहरूले ३ करोडभन्दा माथिको आईपीओ जारी गर्न लागेको हो ।

यसरी प्रथामिक शेयर निष्कासनको तयरीमा रहेका कम्पनीहरूमा ९ वटा जलविद्युत् कम्पनी छन् । जसमा मोलुङ हाइड्रोपावर, थ्री स्टार हाइड्रो, कुथेली बुखारी स्मल हाइड्रो, इन्टर्न हाइड्रो, बराही हाइड्रो, पिपुल्स हाइड्रो, माया खोला हाइड्रो, भूगोल इनर्जी डेभलपमेन्ट र मकर जीतुमाया जलविद्युत् कम्पनीले स्थानीय र सर्वसधारणका लागि आईपीओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।

यस्तै लघुवित्ततर्फ भने धौलागिरी लघुवित्त, आत्मनिर्भर लघुवित्त, अभियान लघुवित्त, खप्तड लघुवित्त, र्सिजनशील लघुवित्त गरी पाँच वटा लघुवित्त कम्पनीहरू छन् ।

जीवन बीमातर्फ रिलायबल लाइफ इन्स्योरेन्स छ भने होटलतर्फ कालिन्चोक दर्शन र सिटी होटल रहेका छन् । यता लगानी समूह तर्फ भने हाथवे इन्भेष्टमेन्ट रहेको छ ।