आठ महिनामै फिर्ता भए एकीकृत समाजवादीका ४ मन्त्री !

आठ महिनामै फिर्ता भए एकीकृत समाजवादीका ४ मन्त्री !


ग्लोब नेपाल
436.8k
Shares

काठमाडौं । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट मन्त्री बनेका चार मन्त्रीलाई पार्टीले सरकारबाट फिर्ता बोलाएको छ ।

आईतबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले यसअघि सरकारमा रहेका चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउने निर्णय गरेको हो । स्वास्थ्य मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र श्रम तथा रोजगार मन्त्री किशान श्रेष्ठ फिर्ता बोलाइएका हुन् ।

प्रभावकारी ढंगले काम गर्न नसकेको निष्कर्ष निकाल्दै नयाँलाई सरकारमा पठाउने निर्णय भएको नेकपा एसले जनाएको छ । नयाँ मन्त्रीको जिम्मेवारीमा जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम, भवानी खापुङलाई स्वास्थ्य, मेटमणि चौधरी शहरी विकास र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन सिफारिश गरिएको छ ।

खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए भने कुँवर राष्ट्रिय सभाका पूर्व सदस्य हुन् । सांसद नरहेका व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था अनुसार कुँवर मन्त्रीमा सिफारिस भएका हुन् ।

गत असोज २२ गते नेकपा एसका मन्त्रीले शपथ लिएका थिए ।