प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता


ग्लोब नेपाल
108
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

आइतबार अपरान्ह प्रधानमन्त्री देवालाई भेट्न सभामुख सापकोटा बालुवाटार पुगेका थिए । भेटमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।