असार १ गतेबाट नयाँ मतदाता नामावली दर्ता खुलाउने तयारी

असार १ गतेबाट नयाँ मतदाता नामावली दर्ता खुलाउने तयारी


ग्लोब नेपाल
54
Shares

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउने तयारी गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै असार १ गतेबाट नामावली दर्ता खुल्ला गर्ने तयारी गरिरहेको आयोगका सह–प्रवक्ता सुर्यप्रसाद अर्यालले जानकारी दिए ।

मतदाता नामावली दर्ता आफू रहेकै जिल्लाबाट गर्न मिल्ने गरी व्यवस्था गर्न लागेको आयोगले जानकारी दिएको छ । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकिएको थियो ।