मन्त्रीबाट फिर्ता बोलाउने हल्ला खारेज भइसक्यो: किसान श्रेष्ठ

मन्त्रीबाट फिर्ता बोलाउने हल्ला खारेज भइसक्यो: किसान श्रेष्ठ


ग्लोब नेपाल
486
Shares

काठमाडौं । श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले तत्काल नेकपा एकिकृत समाजवादीका मन्त्रीहरु फिर्ता गर्ने हल्ला खारेज भइसकेको बताएका छन् ।

एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर फर्किएका श्रेष्ठले शीर्ष नेताहरूकै तहमा छलफल भइसकेको र अहिले मन्त्रीहरू हेरफेर नहुने बताए । उनले अध्यक्ष नेपालले आफ्नो जिम्मेवारीमा अहिले यथावत् रहन भनेको बताए । नेकपा एसले चार जना मन्त्री फिर्ता बोलाएर नयाँ चार जनाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो ।

मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्नेमा बजेट पारित नै नभई मन्त्री हटाउनु गैर संसदीय हुने भन्दै आलोचना भइरहेको थियो ।