हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दनयर गरिएको छ ।

मन्त्रिपरिषदले आवश्यक विचार विमर्श नै नगरी हप्तामा दुई दिन सार्वजनिक विदा दिएको भन्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले रिट दायर गरेका हुन् । उनीहरुले आइतबार पनि सार्वजनिक विदा दिने वैशाख २६ गतेको निर्णय बदर गर्न र परमादेश माग गरेका छन् ।

सरकारले जेठ १ गतेदेखि लागू हुने गरि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। सरकारको निर्णय कुनै पनि अनुसन्धान र तथ्यमा आधारित नभइ हचुवाको भरमा भएकाले खारेज हुनुपर्ने जिकिर रिटमा गरिएको छ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रपरिषद्‌को कार्यालय, सामान्य प्रशासन मन्त्रालय लगायतलाई विपक्षी बनाइएको छ। उक्त विवाद अब एकल इजलासमा सुनुवाइ हुने छ।