काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेललाई बर्खास्त गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेका अनुसार सोमवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको हो । यसअघि मन्त्रालयले पौडेललाई स्पष्टीकरण सोधेको थियो । देउवा नेतृत्वको सरकार बनेदेखि नै मन्त्रालयमा तानिएका पौडेललाई हटाउने प्रस्ताव मन्त्री आलेले लगेका थिए ।
महाप्रबन्धक पौडेललाई तत्कालीन केपी शर्मा अोली नेतृत्वको सरकारले चार वर्षका लागि नियुक्त गरेको थियो ।
प्रतिक्रिया