काठमाडौंको फोहोर बाेकेर बन्चरेडाँडा हिडेका ट्रक धुनिवेशीमा राेके स्थानीयले

काठमाडौंको फोहोर बाेकेर बन्चरेडाँडा हिडेका ट्रक धुनिवेशीमा राेके स्थानीयले


ग्लोब नेपाल
243
Shares

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा पुगेका ट्रकलाई स्थानीयले अवरोध गरेका छन्। नुवाकोट सिसडोलका स्थानीयले काठमाडौंको फोहोर बोकेका गाडीलाई पुनः अवरोध गरेका हुन् ।

काठमाडौं महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत स्थानीय तहका जनप्रतिनिधिबीच सोमबार फोहोर व्यवस्थापन गर्ने सहमति भएको थियो । उक्त सहमति नमान्ने भन्दै स्थानीय बासिन्दाले धुनिवेशीमा ट्रक रोकेर अवरोध गरेको स्थानीयले बताएका छन् । ‘काठमाडौंबाट आएका गाडीलाई रोक लगाइएको छ । पुरानै सम्झौता कार्यान्वयन हुनुपर्ने स्थानीयको माग रहेको छ ।’

गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ ।