नवलपरासी पश्चिम अदालत परिसरमा गोली प्रहार गरेर भागेका व्यक्ति पक्राउ

नवलपरासी पश्चिम अदालत परिसरमा गोली प्रहार गरेर भागेका व्यक्ति पक्राउ


ग्लोब नेपाल
162
Shares

परासी । जिल्ला अदालत, नवलपरासी पश्चिम परिसरमा गोली चलाएको अभियोगमा एकजना पक्राउ परेका छन् ।

सोमबार दिउसो सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षीय हंसराम यादवले जिल्ला अदालतबाट करिब ५० मिटर पूर्वमा पर्ने व्यस्त सडकमा आफ्नै ३४ वर्षीय काकी रोशनी यादवलाई गोली प्रहार गरेका थिए ।

गोली प्रहारपछि भागेका हंसरामलाई मंगलबार दिउँसो प्रहरीले सुनवल नगरपालिका–९ को वनकट्टी गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । उनका अनुसार यादवको साथबाट ७.६५ एमएमको पेस्तोल, म्यागजिन र एक राउण्ड गोली पनि बरामद गरिएको छ ।

सोमबार दिउँसो साढे १ बजे अदालत परिसरमा यादवले काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेका थिए । एक राउण्ड फायर गरेर भागेका उनलाई ज्यान मार्ने उद्योग तथा हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान हुने बताइएको छ ।