कर्णालीको नीति तथा कार्यक्रम: ‘मेक इन कर्णाली’देखि विदेशिएका युवाको लागि ‘गरि खाने’ सम्म (पूर्णपाठ)

कर्णालीको नीति तथा कार्यक्रम: ‘मेक इन कर्णाली’देखि विदेशिएका युवाको लागि ‘गरि खाने’ सम्म (पूर्णपाठ)


ग्लोब नेपाल
162
Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

मंगलबार प्रदेश प्रमुख तिलक परियारले सदनमा पेस गरेको नीति तथा कार्यक्रममा मेक इन कर्णालीदेखि विदेशिएका युवाको लागि ‘गरि खानेसम्म समेटिएको छ । उक्त नीति तथा कार्यक्रमअनुसार विदेशबाट फर्केका युवाहरुको लागि ‘गरि खाने’ कार्यक्रम ल्याइने भएको छ । विदेशबाट फर्केका तथा स्वदेशभित्र रोजगारीका अवसरबाट वञ्चित युवालाई सीप, स्रोत र साधन उपलब्ध गराई सिर्जनशील उद्यम मार्फत स्वरोजगार बनाउन ‘गरी खाने’ कार्यक्रम अभियानको रुपमा सञ्चालन गरिने प्रदेश प्रमुखले बताए ।

‘प्रदेशमा लघु, घरेलु तथा साना उद्योगको विकास तथा प्रवर्द्धनका लागि एक जिल्ला एक औद्योगिक ग्राम स्थापना कार्यक्रमलाई संघीय सरकारसँगको समन्वय र सहकार्यमा निरन्तरता दिइनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई प्रवर्द्धन गर्न सहुलियतपूर्ण ऋण तथा उत्पादनमा आधारित अनुदान उपलब्ध गराइनेछ ।’

साथै नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिक, दलित, वादी, विपन्न, राउटे, राजी, माझी, मुक्त हलिया, एकल महिला, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसंख्यक, द्वन्द्व प्रभावित, विस्थापित व्यक्ति, अशक्त, घाइते तथा सहिद परिवार, एच।आई।भी। सङ्क्रमित व्यक्ति लगायतका वर्गको संरक्षण, आय वृद्धि र सहज जीवनयापनको व्यवस्थाका लागि मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ ।

पूर्णपाठ: