प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरमा गर्नेगरी तयारी

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरमा गर्नेगरी तयारी


ग्लोब नेपाल
108
Shares

काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरमा गर्नेगरी तयारी अघि बढाएको छ । सत्ता गठबन्धनमा कात्तिक अन्तिम साता वा मंसिरको पहिलो हप्ता चुनाव गर्नेगरी छलफल अघि बढेको छ ।

निर्वाचन आयोगले औपचारिक रुपमा निर्वाचनको मिति प्रस्ताव गरिसकेको छैन । यस्तै सरकारले पनि औपचारिक रुपमा आयोगसँग परामर्स गरिसकेको छैन । तर, दुवैपक्षले कात्तिक अन्तिम वा मंसिरको पहिलो साता निर्वाचन गर्ने विषयमा साझा धारणा बनाएका छन् । आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्ने निर्णय गरेको छ । अब १८ वर्ष पुगेकाहरूले आफ्नो नामावली दर्ता गर्न सक्नेछन् ।