प्रदेश र प्रतिनिधिसभा चुनावसम्मै गठबन्धन रहन्छः माधव नेपाल

प्रदेश र प्रतिनिधिसभा चुनावसम्मै गठबन्धन रहन्छः माधव नेपाल


ग्लोब नेपाल
1k
Shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको चुनावसम्मै कायम रहने बताएका छन् ।

बुधबार पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी मंसीरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढन आफ्नो पार्टीले चाहेको बताएका हुन् ।नले सत्तारुढ गठबन्धनलाई भत्काउने प्रयत्न भइरहे पनि त्यसको पछि नलाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान समेत गरे ।

गठबन्धनभित्र कमजोरी भए आलोचना गर्ने तर गठबन्धनलाई भने निरन्तरता दिएरै जाने अध्यक्ष नेपालको प्रतिबद्धता छ । ‘अब यो गठबन्धनको भविष्य छैन भन्ने अनेकौं कुप्रचारहरु छन् । त्यस्ता कुप्रचारको पछाडि हामी लाग्नु हुँदैन । हामी यो गठबन्धनलाई आउने चुनावसम्म चुनावपछिको अवस्थासम्म लिएर जान चाहन्छौं । यो गठबन्धन कसरी भत्कियोस् । आपसी अविश्वास कसरी बढोस् भनेर अनेक खालका प्रयत्नहरु पनि भएका होलान्’ , अध्यक्ष नेपालले भने, ‘तर त्यसको पछाडि हामी लाग्नु हुँदैन । हामी इमान्दारिता साथ चल्छौं । तर कमजारी भएका छन् भने त्यसको आलोचना पनि गर्छौं । हामीलाई एकल्याउन खोजिएको छ भने त्यसको आलोचना गर्छौं । ’

नेपालले गठबन्धन गरेकै आधारमा स्थानीय तह निर्वाचनमा जाँदा आफूहरुले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मेयरमा शान्दार ढंगले सफलता हासिल गरेको बताए । पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुको अभिव्यक्तिलाई लिएर आलोचना नगर्न पनि नेपाललले पार्टी पंक्तिलाई सचेत गराए । पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुले सकेसम्म राम्रो काम गरेकाले उनीहरुलाई दोष लगाउन राम्रो नहुने अध्यक्ष नेपालको भनाई छ ।

उनले सरकारमा रहेर राम्रो काम गरेका मन्त्रीहरुलाई आगामी दिनमा सम्मान गर्ने पनि बताए ।