विश्व बैंकको प्रक्षेपणः नेपालको आर्थिक बृद्धिदर ४.१ प्रतिशत बराबर रहने

विश्व बैंकको प्रक्षेपणः नेपालको आर्थिक बृद्धिदर ४.१ प्रतिशत बराबर रहने


ग्लोब नेपाल
108
Shares

काठमाडौं । विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक बृद्धिदर ४.१ प्रतिशत बराबर मात्रै रहने प्रक्षेपण गरेको छ । ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यसअघिको प्रक्षेपणभन्दा ०.२ प्रतिशत बिन्दुले अनुमान घटाएको हो ।

त्यस्तै अर्को वर्ष २०२३/२४ का लागि नेपालले ५.८ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । नेपालले भने आर्थिक वर्ष २०७८/७९ का लागि ५.८४ र आर्थिक वर्ष २०७९/८० का लागि ८ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । विश्व बैँकले सबै दक्षिण एसियाली मुलुकहरुको आर्थिक बृद्धिदर यसअघि गत जनवरीमा अनुमान गरेको भन्दा कम रहने जनाएको छ ।

सन् २०२२ का लागि दक्षिण एसियाली क्षेत्रमा ७.६ प्रतिशतको आर्थिक बृद्धिदर हासिल हुने यसअघिको प्रक्षेपणलाई ०.८ प्रतिशत बिन्दुले घटाएर ६.८ प्रतिशत कायम गरेको छ ।